कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

पाल्पा — पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन । निस्दी गाउँपालिका-४,  झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते सबै रामपुर नगरपालिकाका छन् ।

पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा ९ घाइते 

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैं अनियन्त्रत भई सडकको बाँया साइडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार २, २०८१ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x