कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

वीरेन्द्र केसी

देउखुरी — जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारमा तीन जना सांसद रहेको जसपाभित्र दुई जना अशोक राईतिर र समानुपातिक सांसद अम्बिका काफ्ले यादवतिर गएका छन् ।

जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दल प्रमुख सचेतक रहेकी काफ्लेले लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् । जेठ ५ गते पार्टीको लुम्बिनी प्रदेशको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

राई नेतृत्वका दुई सांसद आदेश अग्रवाल र दल नेता भण्डारीलाल अहिर कृषि तथा भूमिव्यवस्था मन्त्री छन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेको छिन् । काफ्लेले समर्थन फिर्ता लिए पनि लुम्बिनी सरकार अल्पमतमा पर्दैन । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा ४४ सांसद भए बहुमत पुग्छ ।

अहिले एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जसपाका २ नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खडक बस्नेतसहित ४७ जना सांसदको समर्थन कायमै रहेको छ ।

प्रकाशित : असार ९, २०८१ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×