कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भन्सार छलेर ल्याइएको औषधिसहित २ जना पक्राउ

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बाट प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएको औषधिसहित २ जना पक्राउ

भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधिसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेक गर्ने क्रममा सर्जिकल सामग्री र औषधि बरामद गरेको हो । औषधिसहित पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल, र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । बरामद भएको औषधि,कार र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय पठाउने प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस २२, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×