कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

बर्दियामा बेवारिसे काठ बरामद  

कमल पन्थी

बर्दिया — प्रहरीले मंगलबार गुलरिया नगरपालिका—८ बाट साल जातका काठ बरामद गरेको छ । अवैध काठ तस्करी रोक्ने अभियानअन्तर्गत हिँडेको प्रहरी गस्तीले गुलरियास्थित सर्यु खोलाको अजम्बरी (बेसरम) घारीमा ८ थान साल जातको गोलिया काठ बरामद गरेको जनाइएको छ ।

बर्दियामा बेवारिसे काठ बरामद  

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले उक्त काठ ५० दशमलव ७९ क्युफिटको रहेको जनाए । करिब १ लाख १ हजार ५ सय रुपैयाँ मूल्यको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाएको उनले जनाए ।

पाँच दिनअघि गुलरिया नगरपालिका—१ गाउँ नम्बर १० खैरापुरस्थित बारीमा बेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको थियो । बरामद गरिएको ३० दशमलव ६७ क्यूफिट काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाइएलगत्तै शुक्रबार ठूलो परिमाणको काठ बरामद गरेको छ । यसै वडाको गाउँ नम्बर १६ मा ८८ दशमलव ६५ क्युफिट काठ बेवारिसे अवस्थामा फेला परेको छ । काठ करिब ३ लाख ३४ हजार ६ सय मूल्यको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी बोहोराले बताए ।


प्रकाशित : असार ५, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x