२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सीता भण्डारी मृत्यु प्रकरण : २५ दिनसम्म उठेन शव

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सीता भण्डारी मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन २५ औं दिनमा पुगेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । 

सीता भण्डारी मृत्यु प्रकरण : २५ दिनसम्म उठेन शव

पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै आन्दोलन गरिरहेका छन् । सीताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । न्याय नपाउञ्जेल अन्त्येष्टि नगर्ने माइती पक्षले जनाएको छ ।

माइतीबाट फर्केकै दिन रहस्यमय मृत्यु

पोस्टमार्टममा आत्महत्या देखिएपछि प्रहरीले माइती पक्षको जाहेरीका आधारमा मृतक सीताका श्रीमान्, जेठाजु र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ । उक्त घटनाको अनुसन्धानका लागि सीआईबीको टोली रुपन्देही आएर फर्केको छ । उक्त टोलीको रिपोर्ट सार्वजनिक भएके छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित : आश्विन १४, २०७८ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?