कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

डाक्टर, स्वास्थ्यकर्मी र सामाजिक अभियान्ता सम्मानित

प्रकाश बराल

बागलुङ — डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य सेवामा लागेका ६ जनालाई सम्मान गरेको छ । कोषले शुक्रबार धौलागिरि अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना सहित स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशिललाई सम्मान गरेको हो ।

डाक्टर, स्वास्थ्यकर्मी र सामाजिक अभियान्ता सम्मानित

ढुंगाना डेढ वर्षदेखि अस्पतालमा कार्यरत छन् । उनले आधादर्जन संस्थामा बसेर काम गरिसकेका छन् । त्यस्तै कोषले म्याग्दीको राखुपिपलेमा बसेर काम गरेका सिनियर अहेव शिवप्रसाद पाण्डेलाई शुन्य होम डेलीभरी बनाउन पहल गरेको भन्दै सम्मान गरियो ।

पर्वतको बनौमा बसेर २८ बर्षदेखि काम गरेकी अनमी फूलकुमारी महतो, स्याङजाको अमोर सेवा नेपाल नामक संस्थाकी प्रबन्धक कमला पराजुलीलाईपनि सम्मान गरेको छ । संस्थाले बाल गृह स्थापना गरेर सेवा गरेको हो । त्यस्तै, शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल बागलुङको बलेवा स्थित त्रिभूवन बहुमुखी क्यामपसका अध्यक्ष चुडामणी शर्मालाइ पनि सम्मान गरेको कोषका अध्यक्ष काजी रोशनले बताए ।

धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा अध्ययन गरेर ल्याब तर्फ उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी प्रदिप भुषाल र सामान्य चिकित्सा तर्फ उत्कृष्ठ कृष्णा पुनलाइ पनि पुरस्कृत गरिएको थियो । धौलागिरि अस्पतालमा १७ बर्ष सम्म मेडिकल सुपरिटेण्डेन्ट रहेर सेवा गरेका प्रा.डा. तरुण पौडेलको नाउँमा दश बर्ष अघि यो कोष स्थापना भएको हो ।

हाल डा.पौडेल पोखरा स्थित गण्डकी मेडिकल कलेजमा कार्यरत छन् । अहिले सम्म कोषबाट नवौं संस्करणको सम्मान र पुरस्कार दिइएको हो । धौलागिरि बहुमुखी क्यामपसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले उत्कृष्ठ व्यक्तिलाइ सम्मान गरेका हुन् ।

प्रकाशित : श्रावण ११, २०८१ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×