कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–१३ आँपस्वाराबाट आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा ससुरा पक्राउ परेका छन् । २५ वर्षीया बुहारीलाई ४७ वर्षीय ससुराले आफ्नै घरको कोठामा पटक-पटक जवरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

घरमा कोही नभएको बेला पटक-पटक जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालयमा पीडितले गत जेठ २८ गते जाहेरी दिएकी थिइन् । जाहेरी दिएकै दिन प्रहरीले आरोपितलाई पक्राउ गरेर मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

ससुराले पटक-पटक अनैतिक व्यवहार गरी सहन नसकी पीडित माइत गएपछि घटना सार्वजनिक भएको बताइएको छ । पीडितले दिएको निवेदनमा ससुराले पछिल्लो पटक जेठ १४ गते बिहान घरमा कोही नभएको मौका परी दुर्व्यवहार गरेको उल्लेख छ । उजुरीमा ससुराले मार्ने सम्मको धाकधम्की र डर देखाएर आफूमाथि पटक-पटक दुर्व्यवहार गरेको उल्लेख छ ।

पक्राउ परेका ससुरालाई प्रहरीले जबरजस्ती करणी मुद्दा शीर्षकमा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय तनहुँ मार्फत जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले गत असार १९ गते पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

सो मुद्दा अहिले पनि विचाराधीन छ । तर आरोपितलाई छुटाउन लागि जनप्रतिनिधि र संचारकर्मी समेतले दबाव दिँदै आएको प्रहरी उच्च श्रोतले जनाएको छ । उनीहरुले पीडितलाई होस्टाइल गर्न र मुद्दालाई कमजोर बनाउन प्रयास गरिरहेका छन् ।

प्रकाशित : श्रावण ९, २०८१ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×