कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गण्डकी मन्त्रिपरिषद् : अर्थमन्त्री गुरुङ, स्वास्थ्यमन्त्रीमा थापा नियुक्त

नारायण शर्मा

कास्की — अदालतको आदेशअनुसार गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त कांग्रेसका सुरेन्द्रराज पाण्डले आजै थप दुई जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

गण्डकी मन्त्रिपरिषद् : अर्थमन्त्री गुरुङ, स्वास्थ्यमन्त्रीमा थापा नियुक्त

मुख्यमन्त्रीका प्रेस सहयोगी नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीले बजेट बनाउने चटारो भएका कारण अर्थमन्त्रीमा टकराज गुरुङलाई र सामाजिक विकास एवं स्वास्थ्यमन्त्रीमा विन्दु थापालाई नियुक्त गरेका हुन् । थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।

मुख्यमन्त्रीसहित यी दुई मन्त्रीले केही केहीबेरअघि पोखरा सभागृहमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । गुरुङ लमजुङ र थापा कास्कीबाट प्रदेशसभामा सदस्य हुन् । दुवै नेपाली कांग्रेसका सांसद हुन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×