कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट 

तनहुँ — आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा आइतबाटबाट मोटरबोट सञ्चालनमा ल्याएको छ । पृथ्वीरामार्गको छेवैमा पर्ने उक्त जलाशयमा मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले व्यवसायिक रुपमा मोटरबोट सञ्चालन गरेको हो ।

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट 

गाउँपालिकासँग सम्झौता गरी व्यवसायिक रुपमा मोटरबोट सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले बताए । ‘जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो’, उनले भने, ‘कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ ।’

उक्त मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सन्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा जिल्लाका पालिकाहरु अग्रसर हुनुपर्ने उनले बताए ।

उनले भने, ‘तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दीपुर जोड्ने बाटोको स्तरोन्नति गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको छ ।’

यस्तै, ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हबका रुपमा बिकास गर्न लागिपरेको आँबुखैरेनीले दुई बर्षको पहलपछि मोटरबोट सन्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो । मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

प्रकाशित : वैशाख २, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×