कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गण्डकीका मुख्यमन्त्रीले गरे दुई माओवादी मन्त्री बर्खास्त

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन् । माओवादीबाट मन्त्री बनेका भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् ।

गण्डकीका मुख्यमन्त्रीले गरे दुई माओवादी मन्त्री बर्खास्त

भाैतिक पूर्वाधार मन्त्री जुग्जालीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फाेनमार्फत मन्त्रीमण्डल फेरबदल गराउने जानकारी गराएकाे बताए । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि मुख्यमन्त्रीले मन्त्री फेरेका हुन् ।

प्रकाशित : फाल्गुन २२, २०८० ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×