कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जुवातास खेलिरहेको अवस्थामा तीन भारतीयसहित ६ जना पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । 

जुवातास खेलिरहेको अवस्थामा तीन भारतीयसहित ६ जना पक्राउ

शनिबार राति ८ बजे जुवातास खेलेको भन्ने गोप्य सूचनाको आधारमा वैदाम प्रहरीले तीन भारतीय नागरिकसहित छ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल पोखरा–९ नयाँबजार बस्ने ३५ वर्षीय उपेन्द्र चौधरी, विहार घर भई पोखरा–६ जरेबर बस्ने २५ वर्षीय मुकेश शाह, विहार घर भई हाल पोखरा–८ न्यूरोड बस्ने ३४ वर्षीय राकेश शर्मा, बारा घर भई हाल पोखराको न्यूरोड बस्ने ४१ वर्षीय रमेश शाह, सप्तरी घर भई हाल पोखरा–२ बगर बस्ने २६ वर्षीय सुजित चौधरी र मोरङ घर भई हाल पोखरा–१४ चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट तीन थान तास र नगद एक लाख ३९ हजार चार सय ५० रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) मा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले बताए ।


प्रकाशित : फाल्गुन २०, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×