कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

करेन्ट लागेर विद्युत् आयोजनाका मजदुरको मृत्यु

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिका-७, चिमखोलास्थित तुँदी हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको मंगलेराहुघाट जलविधुत आयोजनामा कार्यरत एक मजदुरको निर्माणस्थलमा करेन्ट लागी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाका अनुसार आयोजनाअन्तर्गत ठेकदार कम्पनी रामेछाप कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेका बागचौर नगरपालिका, ८ सल्यानका ३२ वर्षीय कमल योगीको काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सहकर्मी योगीलाई करेन्ट लागेपछि तान्न पुगेका लिखातामा गाउँपालिका, ६ रामेछापका ४६ वर्षीय प्रविण थापा पनि घाईते भएको र थापाको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन १७, २०८० १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×