कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रोजगारीका लागि भन्दै रुसी सेनामा भर्ती हुन जान हुँदैन : प्रधानसेनापति

नारायण शर्मा

पूर्वी नवलपरासी — प्रधानसेनापति प्रभुराम शर्माले रोजगारीका लागि रुसी सेनामा भर्ती हुन जान नहुने बताएका छन् । उनले जानीजानी युद्धग्रस्त कुनै पनि मुलुकमा जान नहुने बताउँदै रोजगारीका लागि नेपाली युवाहरूले अन्य विकल्प खोज्नु पर्ने बताए । उनले भने, 'रोजगारीका धेरै  विकल्प हुँदाहुँदै युद्धरत देशमा जान हुँदैन ।'

रोजगारीका लागि भन्दै रुसी सेनामा भर्ती हुन जान हुँदैन : प्रधानसेनापति

राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय हात्तिखोरमा आयोजित सिनियर डिभिजन १८ औं ब्याच एनसीसीएन तालिमको समापन सहारोहमा बोल्दै आज प्रधानसेनापतिले उक्त कुरा बताएका हुन् । नेपाली सेना सदैव देश र जनताको हितमा अनुशासनपूर्वक प्रतिबद्ध रहेको उनले बताए ।

नेपाली सेनाको स्वार्थ सदैव राष्ट्रिय हितसँग जोडिएको उनले चर्चा गरे । एनसीसीएनमा सहभागी विद्यार्थीहरूलाई अनुशासनपूर्वक राष्ट्र सेवामा सर्मपित हुन उनले आग्रह गरे ।

देशभरिका विभिन्न विद्यालयबाट ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलले तालिम दिएको हो । देशभरीका १६ वटा विद्यालयका ५ सय ६६ विद्यार्थी दीक्षित भएका हुन् । त्यसमा छात्रा र छात्र सहभागी हुन्छन् ।

सेवादलले राष्ट्रियताको भावना जगाउने, बौद्धिक र शारिरिक तालिम दिने गर्छ ।

प्रकाशित : फाल्गुन १२, २०८० १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×