कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दुर्घटनामा युवकको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दलदलेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दलदले प्रहरीका अनुसार देवचुली नगरपालिका-१४ को भित्री सडकमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा घाइते सागर चौधरीको मृत्यु भएको हो । भित्री सडकमा तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटनामा परेको र उपचारका क्रममा भरतपुरमा शुक्रबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

२५ वर्षका चौधरी कुडौली निवासी हुन् ।


प्रकाशित : फाल्गुन १२, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×