कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'जलवायु परिवर्तन र बढ्दो विषाधि प्रयोगले पशुपन्छीमा नकारात्मक असर'

नवीन पौडेल

नवलपुर — कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव-२०८० दश बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । उत्सवले जलवायु परिवर्तन र बढ्दो विषाधिको प्रयोगले पशुपन्छीमा नकारात्मक असर परिरहेको निष्कर्ष निकालेको छ ।

'जलवायु परिवर्तन र बढ्दो विषाधि प्रयोगले पशुपन्छीमा नकारात्मक असर'

शुक्रबारदेखि आइतबारसम्म चलेको उत्सवमा देशभरका संरक्षणकर्मी, पन्छीविद् र वाइल्ड लाइफ फोटोग्राफर तथा सरोकारवालाको सहभागिता थियो । पोखरा पन्छी समाजले आयोजना गरेको उत्सवमा जटायु रेष्टुरेन्ट नवलपुर र बर्ड एजुकेसन सोसाईटी चितवन सहआयोजक थिए ।

उत्सवले १० बुँदे घोषणा-पत्र सार्वजनिक गरेको छ । जसमा प्राकृतिक सम्पदा, सिमसार क्षेत्रमा काम गर्दा अनिवार्यरुपमा विज्ञको सुझाव लिन अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै, संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षणको लागि विशेष कार्यविधि बनाएर अनुसन्धानमा जोड दिनुपर्ने लगायत घोषणापत्रमा उल्लेख छ ।

विद्यमान चरा संरक्षणको कार्ययोजना पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने उत्सवको निष्कर्ष रहेको चराविद् एवम् जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताए । चरा र तिनका बासस्थानको संरक्षण, जनचेतना र पर्यटनको विकासको बारेमा छलफल र प्रदर्शनीस्टल राखिएको थियो ।

उत्सवमा पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता थियो । चरा उत्सवको समापन गर्दै गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रकाशित : माघ २८, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×