कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कालिज फर्ममा चितुवा पस्यो, एक जना घाइते

फर्म भित्र पसेको चितुवाले ८५ वटा कालिज मारेको र ५० वटा कालिज घाइते बनाएको छ
हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–९ स्थित कालिज फर्ममा सोमबार चितुवा पसेको छ । गोरखा अर्गानिक एग्रो फर्मद्वारा सञ्चालित कालिज फर्मको जाली तोडेर पसेको चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

कालिज फर्ममा चितुवा पस्यो, एक जना घाइते

फर्मभित्र पसेको चितुवाले केही कालिज मारेको र केही घाइते बनाएको पालुङटार सव डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुनबहादुर अच्छामीले जानकारी दिए ।

चितुवाको आक्रमणबाट फर्ममा कार्यरत सिरानचोक–१ घर भएका रविलाल बस्ताकोटी घाइते भएका छन् । सोमबार बिहान कालिजलाई दाना पानी गर्न फर्म पसेका बस्ताकोटीको चितुवासँग घम्साघम्सी हुँदा हातखुट्टा र आँखा भन्दा माथिको भागमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ ।

फर्म भित्र पसेको चितुवाले ८५ वटा कालिज मरेको र ५० वटा कालिज घाइते बनाएको अच्छामीले जानकारी दिए । फर्मको पश्चिम तर्फको भिरलो जमिनबाट हामफालेर फर्ममा चितुवा पसेको उनको अनुमान छ ।

बिहान चितुवा पसेको हल्लाले स्थानीय जम्मा भएपछि फर्म भित्रै रहेको सिमेन्टको पोलमा चढेर चितुवा भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । चितुवा कतिखेर फर्ममा पस्यो भन्ने एकिन नभएको अच्छामीले जानकारी दिए ।

फर्म भित्रका केही कालिज चितुवाले नेट चुडाएपछि भागेको फर्म सञ्चालक जीवन ढकालले बताए । ‘तीन रोपनी क्षेत्रफलमा कालिज फर्म थियो, ग्याविन जालीको बार र त्यसमाथि नाइलनको जाली भित्र कालिज पालेको थिएँ, जम्प गरेर जालीको बिचमा प्वाल बनाएर चितुवा छिरेछ,’ उनले भने,‘गत जेठमा ६ सय २१ वटा कालिज हालेको हुँ, अहिले बेच्ने बेला भएको थियो । १०/१२ वटा बेचेँ होला, चितुवा पसेर केही मार्‍यो, केही घाइते छन्, अरु चितुवाले जाली च्यातेपछि भागेछन् ।’

सोमबार बिहान करिव ६.३० बजे दानापानीका लागि खोर भित्र छिर्दा मात्र खोरमा चितुवा पसेको थाहा भएको उनले बताए ।

प्रकाशित : मंसिर २५, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?