कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

लडेर एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा — बाटो हिँड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पालुङटार नगरपालिका ३ पाथीभरा बस्ने ५९ वर्षीय कृष्णबहादुर अधिकारी सोही ठाउँको गोरेटो बाटोबाट लडेर नालामा बजारिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए ।

गोरेटो बाटोबाट सात मिटर तल रहेको सडकको नालीमा बजारिँदा अधिकारीको टाउकोमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीलले शवको मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान सकेर पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×