कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु 

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका ६ मौरीबजारमा शनिबार साढे ६ बजे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

पोखरातर्फ जाँदै गरेको ग१७प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको वाप्र ०१-००६ ख २८६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तनहुँको भिमाद नगरपालिका ९ थामडाँडा बस्ने ३४ वर्षीया रामचन्द्र बिकसहित २६ वर्षीया श्रीमती सुकमाया बिक र छोराहरू ३ वर्षका सुमन बिक र ६ वर्षका गुराँस बिक घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएकाह मध्ये सुकमायाको उपचारको क्रममा शनिबार साँझ जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी गराए ।

उनका अनुसार अन्य ३ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : मंसिर १६, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×