कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तनहुँको घाँसीकुवामा बस दुर्घटना : एक जनाको मृत्यु, ३५ घाइते 

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बिहा करिब ६ वजे बस दुर्घटना भएको छ । काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

बस सडकबाट अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा पठाइएको छ ।

प्रकाशित : मंसिर १३, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×