कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फरार रहेका ढोरपाटनका नगरप्रमुख नेपालीले भने- 'व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु'

प्रकाश बराल

बागलुङ — प्रहरीको फरार सूचीमा रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफ्नो सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता दिने बताएका छन् । 

फरार रहेका ढोरपाटनका नगरप्रमुख नेपालीले भने- 'व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्छु'

बचतकर्ताको डेढ अर्ब हिनामिनाको आरोपपछि भागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली ७ महिनापछि मंगलबार सामाजिक सञ्जाल फेसबुकको लाइभमा आएका थिए । त्यहाँ उनले ज्यान मार्ने धम्की आएपछि आफू भागेको तर बचतकर्ताको रकम फिर्ता गर्ने उल्लेख गरेका छन् ।

डेढ अर्ब बचत हिनामिना गरेपछि पीडितहरुले उनीविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले पनि नेपालीलाई फरार सूचिमा राखेको छ । अदालतले समेत पक्राउ पूर्जी जारी गरेको छ । मुद्दा परेका सहकारीका पदाधिकारी र कर्मचारी समेत थुनामा छन् ।

गत वैशाखमा तरलता अभाव देखाएर बन्द गरिएको सहकारीका बचतकर्ताले आन्दोलन गर्न थालेपछि जेठ ४ गतेपछि नेपाली सम्पर्कविहिन भएका थिए । ‘व्यक्तिगत सम्पत्ति बेचेर भएपछि बचतकर्ताको रकम फिर्ता दिन्छु भनेकै थिएँ, तर साथीहरुले पर्खन सक्नुभएन, घरैमा आएर डरधम्की दिनुभयो’ उनले भनेका छन्, ‘बाहिर निस्केर काम गर्ने वातावरण नभएपछि भाग्नु परेको हो ।’

प्रकाशित : मंसिर ५, २०८० १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×