कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

छुट्टाछुट्टै घटनामा २ को मृत्यु

प्रकाश बराल

बागलुङ — छुट्टाछुट्टै घटनामा बागलुङमा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बागलुङ नगरपालिका-१ मा ३० वर्षीय छितिज रानामगर र जैमिनी नगरपालिका-८ का ४२ वर्षीय कृष्ण पुन मृत भेटिएका हुन् । 

राना बागलुङ-१ रामरेखास्थित आफ्नै साथीको घरमा गएर बसेका थिए । बिहान नउठेपछि बोलाउँदा मृत्यु भएको खुलेको थियो । साथी आकाश काउचाको घरमा खाना खाएर शनिबार बेलुकी सुतेका रानाको कसरी मृत्यु भयो भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

अर्का मृतक पुनको घर नजिकैको गाँवको भीरमा शव भेटिएको हो । भीरबाट खसेर मृत्यु भएको प्रहरीले बतायो । घाँसदाउराका लागि गएका बेला उनी खसेको अनुमान छ । प्रहरी चौकी बेलबगरबाट गएको टोलीले शव उठाएको थियो । दुवै घटनाको छानबिन गरेर पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

प्रकाशित : मंसिर ३, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×