कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

म्याग्दीमा भीरबाट लडेर एकको मृत्यु

घनश्याम खड्का

म्याग्दी — मंगला गाउँपालिका–५ पिपलबोटका तुलसीराम सापकोटाको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार साँझ सोही वडाको धारागाउँबाट पिपलबोटस्थित घरमा जानेक्रममा बीचमा पर्ने लाम्मेलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सापकोटा नेपाली कांग्रेस मंगला गाउँपालिका–५ अर्मन वडा इकाइ सभापति थिए । कांग्रेस वडासचिव वीरेन्द्र बुढाथोकीका अनुसार बुधबार साँझ अन्दाजी ६ बजे सापकोटा भीरबाट खसेको अनुमान छ ।

राति सापकोटा घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लाम्मेलाको भीरमा गोरेटोबाटोबाट अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेका थिए । सापकोटाको शव पोष्टमार्टमका लागि सदरमुकाम बेनी अस्पतालमा ल्याइएको छ ।

प्रकाशित : कार्तिक २, २०८० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×