कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव भएको छ । जिल्लामा मध्यबिन्दु जिल्ला अस्पताल र सरकारी स्वास्थ्य संस्थामा एक सातादेखि भ्याक्सिन अभाव भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

भ्याक्सिन अभाव भएपछि अस्पतालले सूचना प्रकाशित गर्दै रेबिजविरुद्धको खोप सेवा तत्कालका लागि बन्द भएको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्लामा आउने भ्याक्सिन प्रदेशमा समेत स्टक सकिएपछि जिल्लामा अभाव भएको हो ।

जिल्ला अस्पतालमा मात्र मासिक रुपमा करिब तीन सय डोज रेबिजविरुद्धको भ्याक्सिन खपत हुँदै आएको थियो । भ्याक्सिन अभाव भएपछि पूर्वी नवलपरासीका सेवाग्राही भ्याक्सिनका लागि चितवन जानुपर्ने बाध्यता छ ।

भ्याक्सिन आउन अझै १० दिनभन्दा बढी समय लाग्ने अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८० १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×