कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरूद्ध

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान साढे ८ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । म्याग्दे-६ मौरीबजारमा पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरूद्ध

पहिरो हटाउने कार्य भइरहेकोले तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनहरूले वैकल्पिक बाटो दमौली भोर्लेटार चोकबाट कलेस्ती-पोल्याङ हुँदै कास्की निस्किने सडक प्रयोग गर्न ट्राफिक कार्यलयले अनुरोध गरेको छ ।


प्रकाशित : भाद्र ७, २०८० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×