कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बागलुङको जंगलमा मानव कंकाल भेटियो

प्रकाश बराल

बागलुङ — रुकुमसँगको सिमानामा पर्ने पातीहाल्ने जंगलमा मानव कंकाल भेटिएको छ । हड्डी मात्रै रहेको शव शुक्रबार साँझ स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको जानकारीपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङदेखि खटिएको प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको टोलीले जंगलमा पुगेर हाड्डी मात्रै रहेको शव संकलन गरेको छ । शव कुहिएको अवस्थामा रहेकाले पहिचान भइसकेको छैन । यद्यपि पुरुषको शव रहेको पहिचान भएको प्रहरीले जनाएको छ ।

शव भेटिएकोबारे जिल्लाका सबै प्रहरी चौकी र छिमेकी जिल्ला रुकुममा पनि प्रहरीले जानकारी गराएको छ । घटनास्थल सदरमुकामदेखि १ सय ४२ किमी पश्चिमतर्फ पर्छ । पातीहाल्नेबाट छोटो दूरीमा पूर्वी रुकुम पुगिन्छ ।

शव भेटेपछि प्रहरीले स्थानीयहरूलाई कोही व्यक्ति हराएको भएमा प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ । यस्तै घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रकाशित : श्रावण १३, २०८० १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×