कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एक वर्षमा नवलपुरका २८ जनाको विदेशमा मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — वैदेशिक रोजगारीको क्रममा एक वर्षको अवधिमा पूर्वी नवलपरासीका २८ जनाको विदेशमा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये एकै वर्षमा जिल्लाका यति धेरैले ज्यान गुमाएको यो पहिलो पटक हो ।

एक वर्षमा नवलपुरका २८ जनाको विदेशमा मृत्यु

मृत्यु हुनुको प्रमुख कारण भने यकिन भएको छैन । राती खाइपिइ गरेर सुत्ने र बिहान उठदा मृत्यु हुनेको संख्या धेरै छ । त्यस बाहेक दुर्घटना र हर्टअटयाकवाट मृत्यु भएको तथ्यांक छ ।

सुरक्षित आप्रवासन कार्यक्रमका सूचना परामर्शदाता रन्जना लम्सालका अनुसार गएको एक वर्षको अवधिमा विदेशमा मृत्यु हुनेमा कावासोती नगरपालिकाका ६ जना, देवचुली नगरपालिकाका ७ जना, मध्यबिन्दु नगरपालिकाका ६ जना, विनयी त्रिवेणी गाउँपालिकाका ३ जना, हुप्सेकोट गाउँपालिकाका १ जना र गैंडाकोट नगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये २२ जनाको शव स्वदेश ल्याइसकिएको छ । साथै तिनका परिवारले क्षतिपूर्ति समेत पाइसकेको परामर्शदाता लम्सालले बताइन् । उनका अनुसार गत जेठ समान्तसम्म रोजगारीका लागि यस जिल्लाबाट १७ हजारभन्दा धेरैले पासपोर्ट बनाएको तथ्यांक छ ।

प्रकाशित : असार १२, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×