कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नारायणीमा बेपत्ता किशोरको शव भेटियो

नारायण शर्मा

पूर्वी नवलपरासी — नारायणी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका देवचुलीका एक किशोरको शव मंगलबार फेला परेको छ ।

देवचुली नगरपालिका वडा नम्बर १५ का १५ वर्षीय संयोग ढकाल सोमबार नारायणी नदीमा पौडिने क्रममा बेपत्ता भएका थिए ।

उनको मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी सोमबार दिउँसो आफ्ना ५ जना साथीसँगै पौडी खेल्न गएका बेला नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।

ढकाल नमुना माविमा पढ्थे । शव पोष्टमार्टमका लागि देवचुली अस्पतालमा लगिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×