कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँस काट्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित अकलामा आइतबार बेलुका घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २१ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उनका अनुसार थापा घरबाट एक किलोमिटर उत्तरतर्फ रहेको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक करेन्ट लागी रुखबाट भुइँमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

करेन्ट लागी घाइते अवस्थामा फेला परेका थापालाई उपचारको लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?