कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

हरिराम उप्रेती

गोरखा — सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहानको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

स्टोरको औषधि, अक्सिजन कन्सलटेटर लगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको सहिद लखन गाउँपालिका–७ का वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।

‘आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ, के के सामाग्रीमा क्षति पुग्यो विवरण एकिन गर्दै छौं,’ उनले भने । आइतबार बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् । झन्डै दुई घन्टापछि अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।




प्रकाशित : जेष्ठ ७, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?