२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भ्रष्टाचारीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन

प्रकाश बराल

बागलुङ — नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामदेखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ ।

भ्रष्टाचारीलाई कारबाही माग गर्दै बागलुङमा प्रदर्शन

भ्रष्टाचारविरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, किसान र मजदुरले प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा मंगलबार एक घण्टा धर्नासमेत दिए । साथै भ्रष्टाचारका दोषीलाइ कारबाही माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाए ।

उनीहरुले नक्कली भुटानी शरणार्थी मुद्दादेखि सबैखाले मुद्दामा राज्य शून्य सहनशिलतामा उत्रनुपर्ने धारणा राखेका थिए ।

अभियानका अगुवा एकबहादुर केसीले अब नागरिक स्वत:स्फूर्त आन्दोलनमा उत्रने बेला भएको बताए । पहिलो दिन सामाजिक संजालबाट आह्वान गरिएको प्रदर्शनमा सयौं नागरिक उपस्थित भएका थिए ।

भ्रष्टाचारको विरोधमा नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका स्थानीयले कारबाही गर्न खुट्टा कमाउन नहुने धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएपछि उनीहरुले आन्दोलन जारी राख्ने समेत बताएका छन् ।

प्रकाशित : जेष्ठ २, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?