कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गाउँलेले खाल्डो खनेर बम पुरिदिए

सेनाले सोमबार बम निष्क्रिय पार्दै
नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा फेला परेको बम स्थानीयले खाल्टो खनेर पुरिदिएको दुम्कीबास प्रहरीले जनाएको छ । बम निष्क्रिय पार्ने सैनिक टोली घटनास्थल पुग्न ढिलाई गरेको भन्दै बम देखेका गोठालाले आइतबार साँझ खाल्टो खनेर बम पुरेका हुन् । 

गाउँलेले खाल्डो खनेर बम पुरिदिए

पूर्वी नवलपरासीको महेन्द्रराजमार्गको दुम्किबास बजारबाट १९ किलोमिटर उत्तर पश्चिमको खेतमा गाडिएको अवस्थामा चार दिनअघि बम फेला परेको थियो ।

४ दिनअघि गोठालाले बम देखेपनि आइतबार मात्रै प्रहरीलाई खबर गरिएको थियो ।

खेतमा गाजर सुकाए झै गरेर थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । 'आइतबार बम भन्ने यकिन भएपछि गाठालाहरुले फेरि यो त बम रैछ भनेर खनेर पुरेछन्,' घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दुम्किबासका इन्स्पेक्टर राजेन्द्रथापा मगरले भने, 'हामीले सुरक्षा दिइरहेका छौं । अब सैनिक टोली आएर निष्क्रिय पार्छ ।'

प्रकाशित : चैत्र १३, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×