आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघ

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन प्रबन्ध समितिले सोमबार सहमतिका आधारमा स्ववियु नेतृत्व चयन गरेको छ । सहमति अनुसार नेविसंघका गौरव पन्थ स्ववियु अध्यक्षमा चयन भएका छन् ।

सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई र खुला सदस्यमा गणेश पोख्रेल, निलिमा थापा, अर्चनाकुमारी साह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुल नेपाली र शिव विश्वकर्मा चयन भएका छन् ।

समानुपातिक सदस्यतर्फ सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन भएको निर्वाचन प्रबन्ध समितिका संयोजक विजयराज खनालले जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

बागेश्वरी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

रुपा गहतराज

नेपालगन्ज — बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुका देवेन्द्र बुढा निर्वाचित भएका छन् । अध्यक्ष बुढासहित स्ववियुमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको हो ।

नेपाल विद्यार्थी संघकी टीकाकुमारी शाहीलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार बुढाले ४ सय ५४ र टिकाले २ सय ४० मत प्राप्त गरे । यस्तै सचिवमा अनेरास्ववियुकै महेन्द्र मल्ल ३ सय १४ मत प्राप्त गरेर निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी युवराज विष्टले २ सय ९९ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका सुरेश चदारा ३ सय १२ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नवराज विकले २ सय ८५ मत ल्याए ।

सदस्यहरुमा पनि अनेरास्ववियुकै अभिसा बोहोराले ३ सय १७, तिर्थकुमारी नकालले ३ सय ४३, तुलाराम भट्टराईले ३ सय २७, सिर्जना मल्लले ३ सय ३७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान गराइएको थियो । मतदानपछि रातिसम्म चलेको थियो ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रुपमा रहेको उक्त क्याम्पसको निर्वाचन यसअघि चैत ३ गतेका लागि तोकिएकोमा स्थगित हुन पुगेको थियो । विश्वविद्यालयले पुनः सूचना निकालेर आइतबार मतदान गराएको थियो

जिल्लामा स्ववियु निर्वाचन हुन गइरहेका पाँच क्याम्पसमध्ये चारवटा त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तरर्गतका क्याम्पस रहेका छन् ।

यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित : चैत्र ६, २०७९ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×