कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

स्ववियु निर्वाचन : पूर्वी नवलपरासीका ४ क्याम्पसमा मतदान सुरु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ४ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु भएको छ । आइतबार बिहान ८ बजेबाट यहाँका क्याम्पसमा मतदान सुरु भएको हो । सदरमुकाम कावासोतीका कुमारवर्ती, मध्यबिन्दु, चोरमाराको नवजागरण बहुमुखी क्याम्पस र रजहरको देवचुली कजेजमा मतदान सुरु भएको हो ।

स्ववियु निर्वाचन : पूर्वी नवलपरासीका ४ क्याम्पसमा मतदान सुरु

यहाँको अधिकांश स्ववियु निर्वाचनमा नेविसंघ र माओवादी केन्द्रको समीकरण रहेको छ भने एमालेनिकट अनेरास्ववियु ले भने एक्लै उम्मेदवारी दिएको छ । गैंडाकोटका सूर्यभक्त पतनादेवी स्मृति कजेल र कालिका विद्यापिठमा नेविसंघको प्यानल निर्विरोध भइसकेको छ ।

आइतबार मतदान सुरु भएका ४ क्याम्पसमा कूल २ हजार १२ विद्यार्थी मतदाता छन् । मतपरिणाम आइतबार साँझ ६ बजेभित्रै सार्वजनिक भइसक्ने निर्वाचन समितिका पदाधिकारीहरूले जानकारी दिएका छन् । मतदान सुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सबैभन्दा धेरै ११ सय ८४ मतदाता रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका बागी उम्मेदवार रहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?