लागूऔषधसहित युवक पक्राउ

नवलपरासी पूर्व — बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवक लागूऔषधसहित शनिबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।
शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।
प्रकाशित : माघ १४, २०७९ १९:४७