स्याङ्जामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु, राजमार्ग अवरुद्ध

कास्की — बुटवलबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ करेनडाँडास्थित ना ४ ख ३८२८ नम्बरको गाडीले शुक्रबार ७२ वर्षीया यामबहादुर जिटीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले सिद्वार्थ राजमार्ग अहिलेसम्म अवरोध गरेका छन् ।
राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रकाशित : माघ १३, २०७९ २०:५७