चितवन खोलेसिमलमा प्रहरी चौकीनजिकैको सुन पसलमा चोरी

चितवन — कालिका नगरपालिका–६ खोलेसिमल बजारको विनोद सुनारको सुनचाँदी पसलमा शनिबार राति चोरी भएको छ । स्थानीयले पेस्तोल र अन्य धारिलो हतियारसहित आएका व्यक्तिहरूले लुटपाट गरेको बताए पनि प्रहरीले यसबारे थप केही खुलाएको छैन ।

पसलको सय मिटर नजिकमा खोलेसिमल प्रहरी चौकी पनि रहेको स्थानीयले बताए । चितवन प्रहरीले करिब तीन किलो सुन, ३५ किलो चाँदी र नगद दुई लाख रुपैयाँ चोरी भएको सूचना प्राप्त भएको जनाएको छ ।

चोरी भएको भनिएकोमध्ये ७७६ दशमलब ८१ ग्राम सुन सोही पसलमा नै फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रीराम भण्डारीले बताए ।

शनिबार राति आठ बजेर ४१ मिनेट जाँदा चोरी भएको थियो । उक्त घटनापछि प्रहरीले चारजनालाई समाएर सोधपुछ गरिरहेको डीएसपी भण्डारीले बताए । घटनाको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : असार २, २०८१ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x