कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बजेटमा असन्तुष्टि व्यक्त गर्दै रोष्ट्रममै मौनधारण

मकवानपुर — वाग्मती प्रदेशमा राप्रपाका सांसद गिरिबहादुर तामाङले सरकारले सदनमा पेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ ‍को बजेटमा असन्तुष्टि व्यक्त गर्दै सदनमा ५ मिनेट मौनधारण गरेका छन् ।

बजेटमा असन्तुष्टि व्यक्त गर्दै रोष्ट्रममै मौनधारण

शुत्रबार साँझ प्रदेशसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिने क्रममा रोष्ट्रममा उपस्थित भएका उनले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सांसद निराश हुनुपर्ने अवस्था रहेको बताए ।

उनले बजेट ल्याएपछि मन्त्री सम्पर्कविहीन अवस्थामा रहेको भन्दै सरकारको विरोध गरे । ‘म कान नसुन्न र बोल्न नसक्ने अवस्थामा पुगेको छु । त्यसकारण सदनमा मैले बजेटको छलफलमा भाग लिन प्राप्त गरेको ५ मिनेट मौन बस्नेछु’, उनले सदनमा भने ।

यति भनेसँगै उनी करिब ४ मिनेट मौन बसेका थिए । सदनमा उनलाई बोल्नका लागि दिइएको ५ मिनेटको समयम सकिएसँगै सभामुख भुवनकुमार पाठकले ‘माननीय सांसदज्यू अब मौनता हटाउनु भए हुन्छ’ भन्दै ठट्टा गरेका थिए ।


प्रकाशित : असार ७, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×