कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वाग्मती प्रदेशसभाको अवरोध हट्यो

मकवानपुर — बजेटको विषयमा सर्वदलीय सहमति जुटेपछि वाग्मती प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

वाग्मती प्रदेशसभाको अवरोध हट्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पुनर्लेखनको माग राख्दै बिहीबार सदन अवरुद्ध गरेको थियो । विपक्षीको अवरोधसँगै सूचना टाँस गरी शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पटक-पटक गरी अहिले बस्न लागेको हो ।

सभामुख भुवनकुमार पाठकको सक्रियतामा बजेटमा प्रतिपक्षीको मागलाई सम्बोधन गर्ने, बजेटमा भएको त्रुटिहरुलाई सच्याउने सहमति भएपछि सदन सञ्चालन हुने भएको हो । प्रदेशसभा सचिवालयले सदन सञ्चालन हुने भएपछि कार्यसूचीसमेत प्रकाशित गरेको छ ।

कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री जगनाथ थपलियाले ‘मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष २०८१/०८२ देखि ०८३/०८४ सम्म पेस गर्ने’ र आव २०८१/०८२ को बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहमतिकै आधारमा प्रदेशसभा सञ्चालन हुने बताए । ‘प्रतिपक्षी र सत्तापक्ष सबैको माग बजेटमा समेटिएको छ,’ उनले भने ।

प्रकाशित : असार ७, २०८१ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×