कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

भरतपुर भ्रमण वर्ष शुक्रबारबाट सुरू हुँदै

रमेशकुमार पौडेल

चितवन — पर्यटन विस्तारका लागि भरतपुर महानगरपालिकाले सञ्चालन गर्न लागेको भरतपुर भ्रमण वर्ष–२०२४ को औपचारिक उद्घाटन फागुन १८ गते शुक्रबार हुने भएको छ ।

भरतपुर भ्रमण वर्ष शुक्रबारबाट सुरू हुँदै

नारायणगढ नारायणी नदी किनारमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा माहानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्‍याली र झाँकीहरुले बजार परिक्रमा गर्नेछ । उद्घाटन कार्यक्रममा ५० हजार जनालाई सहभागी गराउने योजना रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्राउने उद्देश्य राखेको उनले बताइन् । भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिइन् ।

भरतपुरको आडमा पर्यापर्यटनका लागि विश्व मै चिनिएको चितवन निकुञ्ज र अर्को प्रख्यात धार्मिकस्थल देवघाटधाम छ । प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानव निर्मितसमेत गरेर महानगरमा २२ वटा आकर्षक पर्यटकीय गन्तव्य तय गरेको मेयर दाहालले बताइन् ।

महानगरपालिकाभित्र साढे सात हजार र थप साढे सात हजार जना बस्न मिल्ने होटल रिसोर्टहरु चितवनको बाँकी क्षेत्र र गैंडाकोटमा रहेका हुँदा दैनिक १५ हजारजनालाई खाने बस्ने सेवा दिन सक्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×