कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

दोलखा र सिन्धुपाल्चोकका ३ लाख भेडाबाख्रालाई पीपीआर खोप लगाइँदै

केदार शिवाकोटी

दोलखा — दोलखा र सिन्धुपाल्चोकका २ लाख ९५ हजार भेडाबाख्रालाई घातक संक्रामक पीपीआर रोगको खोप लगाइने भएको छ । 

बुधबारबाट यी जिल्लाका पशुपालक किसानको खोरमा खोप अभियान संचालन गरिने लागेको हो । किसानले पालेका भेडाबाख्रा हरेक वर्ष पीपीआर रोगले क्षति गरेपछि खोप अभियान संचालन गर्न लागिएको पशु सेवा कार्यालय दोलखाका प्रमुख ज्ञानबहादुर जिरेलले बताए । दोलखाको ९ स्थानीय तहमा १ लाख ३२ हजार र सिन्धुपाल्चोकका १२ स्थानीय तहका १ लाख ६३ हजार भेडाबाख्रालाई यो खोप दिइने छ ।

पशु सेवा कार्यालयको दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको छ । ‘उच्च हिमाली क्षेत्रका भेडीगोठहरु पनि चिसोका कारण तल झरेकाले फागुनमा पीपीआर विरुद्धको खोप सुरु गरेका हौं,’ उनले भने, ‘स्थानीय तहको समन्वयमा पशुपालक किसानको खोरमै पुगेर भेडाबाख्रालाई खोप दिने गरी जनशक्ति खटाइसकेका छौं ।’ दुवै जिल्लाका सबै स्थानीय तहमा नि:शुल्क पीपीआर खोप अभियान संचालन हुने उनले बताए ।

खोप अभियानका लागि दुवै जिल्लामा २२/२२ जना भ्यासिनेटर खटाइसकेको उनले बताए । पीपीआरविरुद्ध खोप निःशुल्क सप्ताहव्यापी अभियान सञ्चालन गर्न हुनेछ । पीपीआर रोगका कारण प्रत्येक वर्ष धेरै संख्यामा भेडाबाख्रा मरेर पशुपालक किसानले क्षति बेहोर्दै आएका छन् ।

विगत केही वर्षदेखि किसानले पालेका भेडाबाख्रामा महामारीकै रुपमा पीपीआर रोगले महामारीको प्रकोप लिएर खोर रित्तै हुन थालेपछि वागमती प्रदेश सरकारले गएको वर्षबाट पीपीआर विरुद्धको खोपलाई अभियानका रुपमा संचालन गरेको हो ।


प्रकाशित : फाल्गुन १५, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×