कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीलाई अनुशिक्षण 

सुनिता बराल

महोत्तरी — मधेसमा सवारी दुर्घटना कम गराउन ट्राफिक प्रहरीलाई अनुशिक्षण गरिएको छ । 

दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीलाई अनुशिक्षण 

मधेसका सडकमा चेकजाँच र मापसे जाँच गर्ने ९० प्रहरीलाई मापसे जाँच गर्ने आधुनिक उपकरण (ब्रेथलाइजर) प्रयोग र सडक सुरक्षा बारे एकदिने अनुशिक्षण गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

मधेसमा सडक संजाल र भौगोलिक अवस्था सहज भएपनि मादक पदार्थ सेवन गरी सवारी चलाउनाले दुर्घटनाको जोखिम कम नभएको र बिना हेलमेट सवारी चलाउँदा घाइते र मृत्यु हुनेको संङ्ख्या पनि ठुलो मात्रामा रहेको प्रहरीले जनाएको छ ।

मधेसका ८ जिल्लाका ट्राफिक प्रहरीलाई बारा र महोत्तरीको बर्दिवासमा एक/ एक दिनको अनुशिक्षण गरिएको प्रहरीले जनाएको छ । मधेसका ८ जिल्लामा मापसे जाँचका लागि ३० वटा ब्रेथलाइजर उपकरण डब्लुएचओले उपलब्ध गराएको र अनुशिक्षणमा सो उपकरण चलाउन समेत प्रहरीलाई सिकाइएको एसएसपी गुरुङले बताए ।

बर्दिवासमा बुधवार भएको एकदिने अनुशिक्षणमा धनुषा, महोत्तरी, सिराहा र सप्तरीका ४२ जना ट्राफिक प्रहरीको सहभागीता रहेको महोत्तरी ट्राफिक प्रमुख रामभक्त भट्टराईले जानकारी दिए । एक दिने अनुशिक्षणमा डिएसपी सन्तोष निरौलाले सहजीकरण गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×