कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्रोत नखुलेको १० लाख रकमसहित दुई पक्राउ 

शिव पुरी

रौतहट — रौतहटको इशनाथ नगरपालिकास्थित बन्जरहाबाट सोमबार राति स्रोत नखुलेको १० लाख नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवैलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । 

स्रोत नखुलेको १० लाख रकमसहित दुई पक्राउ 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको टोलीले इशनाथ–१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाच गर्दा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलीजा गिरीले जानकारी दिइन् । डीएसपी गिरीका अनुसार सवारी जाँचको क्रममा गाडी चालक हेटौंडा उपमहानगरपालिका १४ का वर्षीया रामरती मोक्तान र मनहरि गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङलाई स्रोत नखुलेको १० लाख रकमसहित पक्राउ गरिएको हो ।

गाडीको पछाडी सिटमा बसेका देवराजले बोकेको कालो रङको झोलाबाट रकम बरामद भएको थियो । रकमको स्रोत्बारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारबाहीका लागि गाडीसहित दुवैलाई मंगलबार गौर भन्सार कार्यालय बुझाएको डीएसपी गिरीले जानकारी दिइन् ।


प्रकाशित : फाल्गुन २२, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×