कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका- १४ स्थित लखन्देही खोलाबाट स्थानीय  ४६ वर्षीय धनबहादुर पाख्रिन १४ लाखभन्दा बढी रकमसहित पक्राउ परेका हुन्।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ 

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकल शंका लागेर चेक जाँच गर्दा पाख्रिनले पछाडि बोकेको कालो झोलामा स्रोत नखुलेको नगद १४ लाख १० हजार बरामद भएको प्रहरीले जनाएको छ ।

पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १८, २०८० ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×