कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रौतहटमा हट्यो कर्फ्यु 

शिव पुरी

रौतहट — रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु बुधबार साँझबाट हटाइएको छ ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भए पछि गएको शनिबार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

रौतहटमा हट्यो कर्फ्यु 

अवस्था समान्य बनेपछि बधुबारदेखि कर्फ्यु हटाइएको हो ।

अवस्था भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा कर्फ्यु लगाएको थियो । अहिले अवस्था सामान्य बनेकोले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

बसन्त पञ्चमीको अवसरमा पूजाका लागि राखिएको सरस्वतीको मूर्तिलाई गएको शनिबार डिजे बाजाको साथ सेलाउन जाँदा घिउरा गाउँमा दुई पक्षबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले उक्त नगरपालिकाको २ देखि ७ नम्बर वडासम्म अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

सदरमुकाम गौरमा सर्वपक्षीय भेलामा सहमति बनेपछि मूर्ति सेलाउन सहज भएको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले बताइन् । ‘ईशनाथ गाउँको अहिले अवस्था समान्य छ,' उनले भनिन्, ‘अवस्था सामान्य बनेपछि साँझबाट कर्फ्यु हटाइएको छ ।’

दुई समुदायबीच झडप भएपछि मधेश प्रदेश प्रमुख डीआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआईजी दिपेन्द्र शाह र राष्ट्रिय अनुसन्धानका मधेश प्रमुख डीआईजी सन्जय यादव रौतहट आएर सर्वदलीय बैठक राखेर दुबै पक्षलाई सहमतिमा ल्याई मूर्ति सेलाएका थिए ।



प्रकाशित : फाल्गुन ९, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×