कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रगतिशील लेखक संघ मधेसको अध्यक्षमा घिमिरे सर्वसम्मत

सुनिता बराल

महोत्तरी — प्रगतिशील लेखक संघ मधेस प्रदेशको अध्यक्षमा नारायण घिमिरे चयन भएका छन् । शनिबार बर्दिवासमा सम्पन्न संघको दोश्रो प्रदेश सम्मेलनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

प्रगतिशील लेखक संघ मधेसको अध्यक्षमा घिमिरे सर्वसम्मत

सम्मेलनले १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मतनै चयन गरिएको निर्वाचन समितिका संयोजक संघका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीले जानकारी दिए ।

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको कार्कीले बताए । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका अब सशक्त हुने बताएका छन् ।

सामाजिक अन्यायका विरुद्ध प्रगतिशील लेखकका कलम चल्ल जरुरी रहेकाले अब मधेसमा रहेका बेथिति विरुद्ध कलम चलाउने र काम गर्ने घिमिरेले बताए । सम्मेलनमा नेपालमा बामपंथी एकता नभएको प्रती बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

प्रगतिशील साहित्य विचार प्रधान हुने भएकाले विचार विनाको साहित्य प्रगतिशील हुन नसक्ने संघका केन्द्रीय महासचिव डाक्टर डेवी दुलालले बताए । विचार र कला मार्फत समाजमा सकारात्मक रुपान्तरण ल्याउन सक्नु प्रगतिशील लेखन र साहित्यको मुल मर्म भएको दुलालले बताए ।

सम्मेलनमा मधेस प्रदेश,वागमती प्रदेश र कोशी प्रदेशबाट प्रगतिशील लेखक तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : माघ २७, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×