कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

करेन्ट लागेर मृत्यु

झापा — करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपलिका-४ केचना बस्ने ललन साहका १५ वर्षीय छोरा विशालको बुधबार राति १० बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको टिनको छानोमा करेन्ट सर्ट भएको र किशोरले अचानक छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर अचेत अवस्थामा रहेका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : श्रावण १०, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×