कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट 

अर्जुन सुवेदी

सुनसरी — धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेको छ ।

धरान उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८९ करोडको बजेट 

यसअघि नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरुबीच विवाद भएर निर्धारित समयमा बजेट पेस गर्न नसकेको उपमहानगरले आइतबार सुरु १५ औं नगरसभामा उपप्रमुख अईन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ ।

आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजस्वबाट ४८ करोड ४१ लाख ३४ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजस्व बाँडफाँडबाट २१ करोड ३४ लाख र प्रदेश राजस्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । उक्त अनुमानमध्ये २० वटै वडातर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख बेघाले विभिन्न शीर्षकमा विभाजन गरी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट पेस गरेका हुन् । शिक्षा युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरी ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ घोषित विभिन्न नीति तथा कार्यक्रमलाई संबोधन गर्न सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजार समेत गरी ८ करोड ३ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रमहरु संचालन गर्न करोड ४१ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि, पशु, सहकारी र उद्योगसम्बन्धी विभिन्न कार्यक्रमा संचालन गर्न सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसमेत गरी १ करोड ८४ लाख ९४ हजार बजेट विनियोजन गरिएको छ ।

वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ विपद व्यवस्थापनको पूर्वतयारी लगायतका काम र विपद् व्यवस्थापन कोषको लागि आन्तरिक स्रोतबाट ब्यहोरिने १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । पर्यटनतर्फ धार्मिक, सांस्कृतिक तथा बहुजातीय विविधतायुक्त धरानलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न छनौट भएका कार्यहरुका लागि भन्दै २७ लाख ५० हजार र सशर्त अनुदानसमेत गरी ९० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

सूचना तथा संचार क्षेत्रको विकासका लागि आन्तरिक स्रोतबाट २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट १० लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले सार्वजनिक जग्गा संरक्षणतर्फ पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रम संचालनका लागि आन्तरिक स्रोतबाट २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : श्रावण ६, २०८१ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×