कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

२२ दिनसम्म रहस्य नखुलेको टथेनहाङ मृत्यु प्रकरण

लक्ष्मी गौतम

पाँचथर — असार १३ गते राति पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ आङसराङका वडाध्यक्ष देउकुमार आङदेम्बेको घरमा सुतिरहेका १६ वर्षीय टथेनहाङ आङदेम्बेको मृत्यु भयो ।

२२ दिनसम्म रहस्य नखुलेको टथेनहाङ मृत्यु प्रकरण

साँझको खाना खाएपछि ओछ्यानमा पल्टेर मोबाइल हेरिरहेका उनको मृत्यु रहस्यमयी बनेको छ ।

टथेनहाङ प्रायः आफ्नै घरमा बस्ने गरेको वडाध्यक्ष आङदेम्बे बताँउछन् । टथेनहाङले १३ गते साँझको खाना देउकुमारको परिवारसँगै खाएका थिए । खानापछि बिस्तारामा मोबाइल हेर्दै बसेका उनलाई केहीबेरपछि देउकुमारको परिवारले अर्धचेत अवस्थामा भेटेको थियो ।

‘खाना पश्चात हामी बिस्तारामा पस्यौं, आफ्नै खाटमा पल्टेर मोबाइल हेर्दै थिए, एक डेढ घण्टापछि घ्यारघ्यार आवाज आए जस्तो लागेर मेरी श्रीमती हेर्न जाँदा अर्धचेत अवस्थामा रहेछन्, तत्काल उनका बुबाआमा र छिमेकीलाई बोलायौं, प्रहरीलाई पनि खबर गर्‍यौं, छिमेकी, आफन्त र प्रहरी सबै आए, उपचारका लागि लैजान एम्बुलेन्स बोलाँउदा नबोलाँउदै उनको ज्यान गयो,’ आङदेम्बेले भने ।

पिता खेमराजका अनुसार टथेनहाङ सानैदेखि निन्द्रामा बर्बराउँथे ।

शरीरमा केही चोट देखिएका छन् भने उनको साथमा रहेको मोबाइल भेटिएको छैन । यी र यस्ता केही कारण केलाउँदा मृत्यु अस्वभाविक हो कि ? भन्ने आशंका प्रहरीको छ ।

असार १४ गते नै उनको पोष्टमार्टमपछि परिवारले अन्त्येष्टि गरिसकेको छ । यद्यपि उनको मृत्युमा कुनै किसिमको भवितव्य छ कि भन्ने देखिएकाले जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर बेनिलाल साह तेली हित इलाका प्रहरी कार्यालय रवि र प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोली घटनापछि निरन्तर अनुसन्धानमा छ ।

तीन जना प्रहरी निरीक्षकसहितको टोलीले २२ दिनसम्म आङसराङ प्रहरी चौकीमै बसेर अनुसन्धान गरिरहे पनि टथेनहाङलाई कस्ले र किन आक्रमण गर्‍यो भन्ने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हेमन्त भण्डारी प्रहरीले अनेक कोणबाट अनुसन्धान गरिरहेको बताँउछन् ।

‘घट्नास्थल र लाशको प्रकृति नियाल्दा उनको प्राकृतिक कारणबाट मात्रै होइन कि ? भन्ने लागेकाले निरन्तर अनुसन्धान गरिरहेका छौं, प्रक्रिया निरन्तर रहन्छ,’ भण्डारीले भने ।

प्रकाशित : श्रावण ५, २०८१ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×