कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोको जोखिम बढेपछि फालेलुङमा ६ परिवार विस्थापित

लक्ष्मी गौतम

पाँचथर — पहिरोको जोखिम बढेपछि पाँचथरको फालेलुङ गाउँपालिका-३ को एउटै टोलका ६ घरका २० जना सदस्य विस्थापित भएका छन् । फालेलुङ-३ पुछार टोलको बस्ती नै जोखिममा पर्ने गरी घर माथि जमिन चर्केपछि यत्तिका घर विस्थापित भएका हुन् ।

पहिरोको जोखिम बढेपछि फालेलुङमा ६ परिवार विस्थापित

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीय गौरिभक्त केरुङ, कृष्णबहादुर केरुङ, मदन जवेगू, भीमबहादुर जवेगू, प्रेम केरुङ र जनम केरुङको परिवार विस्थापित भएका हुन् ।

उनीहरुलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा स्थानीय आशिष लावती, सुकदल लावती र मणि लावतीको घरमा सारिएको छ । पहिरोको जोखिम बढेसँगै गौरिभक्तका ५, कृष्णबहादुरका ४, मदनका ४, भीमबहादुका २, प्रेमका २ र जनमको परिवारका ३ गरी २० जना सदस्य विस्थापित भएका हुन् ।

प्रकाशित : असार ३०, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×