कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मोरङमा १५ सय केजी गाँजा बरामद 

विराटनगर — मोरङको सीमावर्ती धनपालथान गाउँपालिका-७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको १ हजार ५ सय ४८ केजी गाँजा प्रहरीले शुक्रबार बरामद गरेको छ ।

मोरङमा १५ सय केजी गाँजा बरामद 

उक्त गाँजा भारत निकासीको तयारी गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीका अनुसार धनकुटा र भोजपुर लगायतका पहाडी जिल्लाबाट गाँजा ल्याएर मोरङका सीमावर्ती नाकाबाट भारत पुर्‍याउने गिरोह सक्रिय हुँदै आएको छ ।

प्रकाशित : असार १४, २०८१ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×